भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

एसीसी महिला टी–२०ः नेपाल समूह चरणबाट बाहिर

एसीसी महिला टी–२०ः नेपाल समूह चरणबाट बाहिर

काठमाडौं । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । लगातारको वर्षा नरोकिए पछि टस समेत नगरी खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै नेपाल र हङकङले एक–एक अंक बाँडेका छन् । योसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ ।खेल रद्द भएसँगै समूह ए बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् ।

तेस्रो स्थानमा रहेको नेपाल भने बाहिरिएको छ । पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतसँग वर्षाकै कारण अंक बाँड्न बाध्य भएको थियो ।प्रतियोगिताको सेमिफाइनल १९ जुन र फाइनल २१ जुनमा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.