ओमान । ओमानमा विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन पाउने भएका छन् । श्रम मन्त्रालयले १० नोभेम्बर २०२० मा जारी गरेको सूचना अनुसार ३१ डिसेम्बर २०२० सम्म ओमान छोड्न सक्ने छन् ।
श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय भएकाे नेपाली दूतावासले जनाएकाे छ । नेपाल जान चाहने नेपाली नागरिकले पासपोर्टको म्याद सकिएको भए वा ट्राभल डकुमेन्ट बनाउन परेमा नेपाली दूतावासमा अविलम्ब सम्पर्क गर्न अनुराेध गरेकाे छ ।
कुनै जानकारी लिन चाहेमा श्रम सहचारी दिनेश ढकालसंग ७१५९२५०६ मा सम्पर्क गर्न वा eonmuscatlabour@gmail.com मा जानकारी पठाउन समेत नेपाली दूतावास मस्कट ओमानले अनुराेध गरेकाे छ ।
