ओलीसँग छलफल गर्न डाकिएकाे कार्यदल बैठकमा प्रचण्ड निकट नेताहरु अनुपस्थित

ओलीसँग छलफल गर्न डाकिएकाे कार्यदल बैठकमा प्रचण्ड निकट नेताहरु अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीसँग गर्ने भनिएको कार्यदल बैठकमा अध्यक्ष प्रचण्ड निकट सदस्यहरु अनुपस्थित भएपछि बैठक अन्तिममा आएर स्थगित भएको छ ।

खासगरी ओली निकट शंकर पोखरेल, विष्णु पौडेल र नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयको हलमा कुरिरहे तर प्रचण्ड निकट नेता जनार्दशन र पम्फा भुसाल दुई जनानै बैठकमा उपस्थिति नभएपछि अन्यले ओलीसँग छलफल गर्नुको कुनै अर्थ नभएको भन्दै भटाभट उठेर हिडेका थिए।

नेकापमा उत्पन्न विवाद समाधानका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ‘विवाद समाधान कार्यदल’ गठन गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.