भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कक्षा ११ र १२ तहमा उत्कृष्ट शिक्षा नेपालमै उपलब्ध

कक्षा ११ र १२ तहमा उत्कृष्ट शिक्षा नेपालमै उपलब्ध

काठमाडौं । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् ।

उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आयोजना गरेको ‘प्लस टु शिक्षाः अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यालय तहको पाठ्यक्रम र परीक्षा पद्धतिमा आमूल परिवर्तन गर्न लागिएकाले नेपालमै गुणस्तरीय शिक्षा सम्भव रहेको बताए ।

उनले कक्षा ८, १० र १२ को बोर्ड परीक्षा गर्न प्रश्न बैंक निर्माण र शिक्षकलाई तालिमका लागि कार्ययोजना तयार गरिएको जानकारी दिए । हिसानका अध्यक्ष रमेशकुमार सिलवालले कक्षा ११ र १२ को शिक्षा तुलनात्मकरुपमा गुणस्तरीय, सुलभ र विश्वसनीय भएको जनाउँदै विदेशमा पुँजी पलायन गराउनुभन्दा स्वदेशमै पढाउन अभिभावकलाई आग्रह गरे ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यार्थीलाई जीवनोपयोगी र व्यावहारिक शिक्षा दिनुपर्ने र यसका लागि शिक्षकलाई तयारी गर्नुपर्नेमा जोड दिए । प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारी र ऐन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयको योगदानलाई राज्यले कदर गर्नुपर्ने बताए ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले आर्थिकरुपमा सक्षम र विपन्न सबै अभिभावकलाई सहज हुनेगरी आधुनिक प्रविधिलाई समेटेर शिक्षा दिइए विद्यार्थी विदेशमा जान आवश्यक नपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.