भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक

कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक

ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन घट्दै गएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक विस्तारै बढ्दा कोभिडले असर गरेको थियो । कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष कञ्चनजङ्घा क्षेत्र सुनसानजस्तै बनेको छ । यो समयमा थोरै पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्काअनुसार महामारी सुरु भएको वर्ष अर्थात आर्थिक वर्ष २०७७÷७८ मा ४३ जनाले सो क्षेत्रको भ्रमण गरेका छन् ।

चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्ममा करिब डेढ सय पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । चालु आवको पहिलो सिजन ९मौसम० मा कूल १४१ पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका परिषद् कार्यालयले जनाएको छ । दुई वर्षसम्म सुनसानजस्तै बनेको कञ्चनजङ्घा क्षेत्र चालु आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित सङ्ख्यामा पर्यटकको आगमन भएको हो । यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिक महिनामा अमेरिका, फ्रान्स, ताइवान लगायतबाट पर्यटक भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिनुभयो ।

चालु आवको पहिलो सिजनमा सेभेन समिट ट्रेक्स प्रालिमार्फत गएका ताइवानका एक नागरिकसहित पाँच आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गरेका छन् । कञ्चनजङ्घा आरोहण गर्नेमा ताइवानका सेङ को अथ, नेपालीमा दोलखाका निमाग्याल्जेन शेर्पा, पासाङ्रिन्जे शेर्पा, सोलुखुम्बुका ग्लाल्जे शेर्पा र दाकिपा शेर्पा रहेका छन् । परिषद् कार्यालयका अनुसार कञ्चनजङ्घामा आउने बाह्य तथा आन्तरिक पर्यटकमध्ये केही हिमाल आरोहण गर्ने र कोही आधार शिविर भ्रमणको योजनामा आउछन् ।

कोरोना महामारी सुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क रहेको छ । तथ्याङ्कअनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आर्थिक वर्ष २०७५÷७६ मा ८०६ जना पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । हरेक वर्ष साढे पाँचसय, साढे छ सय र साढे सातसयसम्मको हाराहारीमा पर्यटक आउने गरेका थिए । कोरोना महामारीको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेपछि पर्यटन विकासमा अवरोध पुग्नुका साथै यसबाट हुने आम्दानी गुमाउनुपरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो । फेम्बूले महामारीको असर समाप्त भएमा कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या भने विगतभन्दा दोब्बर बढीले वृद्धि हुने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.