भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

निजी विद्यालयमा छोराछोरी पढाउने तीन शिक्षक कारबाहीमा

निजी विद्यालयमा छोराछोरी पढाउने तीन शिक्षक कारबाहीमा

दैलेख । निजी विद्यालयमा छोराछोरी पढाउने शिक्षकलाई दैदलेखमा कारबाही गरिएको छ ।  दैलेखको गुराँस गाउँपालिकाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएको भन्दै तीन शिक्षकलाई कारबाही गरेको हो ।

गुराँस गाउँपालिका वडा नं ५ मा रहेको कृष्ण माध्यमिक विद्यालयकमा कार्यरत तीन जना शिक्षकलाई जनही रू. १० हजार जरीवाना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउन नपाइने नीतिको विपरित तीन जना शिक्षकले निजी विद्यालयमा पढाएकाले गाउँपालिकाको निर्णय अनुसार १० हजार जरीवाना गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले २०७५ चैत २५ गते गाउँपालिकाभित्रका सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो ।

उक्त निर्णयको पालना नगरेको भन्दै उनीहरूलाई कारबाही गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । विद्यालयमा कार्यरत शिक्षकहरू पदमबहादुर नेपाली, रोशनी मल्ल र कमला कुमारी चन्दले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएको पाइएकाले रू. १० हजार जरीवाना गाउँपालिकाको खातामा जम्मा गर्न गाउपालिकाले आदेश दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.