भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कठिन मौसमी अवस्था झेल्नुपरे पनि सफा हिमाल अभियानबाट ३४ हजार किलो फोहोर संकलन

कठिन मौसमी अवस्था झेल्नुपरे पनि सफा हिमाल अभियानबाट ३४ हजार किलो फोहोर संकलन

काठमाडौं । सफा हिमाल अभियान–२०२३ अन्तर्गत चारओटा हिमालबाट ३४ हजार १३३ किलो फोहोर नेपाली सेना नेतृत्वको टोलीले संकलन गरेको छ । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुणत्से हिमालबाट टोलीले फोहोर संकलन गरेको हो ।

विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ कार्यक्रममध्येको अभियानमा कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरेको अभियान २८ मार्चदेखि शुरू भएको यो अभियान ५ जुनमा सकिनेछ ।

नेपाली सेनाले यो अभियानअन्तर्गत अहिलेसम्म आधा बाटोसम्मको फोहोर संकलन भएको जनाएको छ । टोलीले खाली अक्सिजन क्यानिस्टर, टेन्ट, खाना राखिने कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायत फोहोर संकलन गरेको हो ।

सफा हिमाल अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले सफा हिमाल अभियान विभिन्न हिमालको स्वच्छता जोगाउन एउटा सबल कदम भएको बताएका छन् । नेपाली सेना र शेर्पा समर्थक गरी ९७ जनाको सदस्य रहेको अभियान टोलीले अत्यन्त कठिन मौसमी अवस्था झेल्नुपरेको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.