बर्दिया । कर्णाली नदीमा दाउरा टिप्न जाँदा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । गेरूवा गाउँपालिका –४ स्थित कर्णाली नदीमा बिहीबार दाउरा टिप्न गएका एक महिला र दुईमध्ये १४ वर्षीय भरत कडायतको शव मनाउघाटमा फेला परेको हो ।
चालीस वर्षीय बलबहादुर रोकाय र १४ वर्षीया पवी रोकाय भने अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए । उनका अनुसार अन्यको खोजीकार्य जारी छ ।
