बालुवाटार मन्त्रिपरिषद्: यस्तै हो त प्रधानमन्त्री ज्यू ?

बालुवाटार मन्त्रिपरिषद्: यस्तै हो त प्रधानमन्त्री ज्यू ?

बालुवाटार । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजको बैठकले बिहीबार नेकपा सचिवालय बैठकले गरेको उपाध्यक्ष वामदेव गौमलाई राष्ट्रियसभा लैजाने निर्णयलाई सिफारिस गर्ने बताईएको छ।

राष्ट्रिपतिसमक्ष उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्नेछ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई पनि आजै बिदाइ गरिँदैछ। संविधानअनुसार उनको कार्यावधि भोलिसम्मका लागि मात्रै छ ।

रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि खतिवडा बिदा हुने भएका हुन् । बिहान ११ बजे हुने भनिएको बैठक ढिलो गरी सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

 


Thali Mobile Pvt.Ltd.