भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

कर्णाली प्रदेश समाज कुवेत गठन

कर्णाली प्रदेश समाज कुवेत गठन

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीको सिलशिलामा कुवेतका नेपाली युवाहरुले त्यहाँ कर्णाली प्रदेश समाज कुवेत गठन गरेका छन् । गल्फ कन्ट्रिमा पनि कर्णालीको पहिचान र एकता कायम गर्न प्रदेश समाज गठनको युवाहरुले कैलाश खबरले बताएका छन् ।

कुवेता एक कार्यक्रमकाबीच भएको भव्य भेलाले रमेश शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा पोषण थापा, प्रेम नांगल, महासचिवमा जंगबहादुर बम, सचिवमा शेरबहादुर विक चयन गरेको छ । कोषाध्यक्षमा दिप परियार चयन गरेको छ ।

समितिको सदस्यमा दिपक दर्जी, हिमाल रावत, भिम विके, रामबहादुर विके, प्रेम शाही, हिरा पोख्रेल बोणे कामी, प्रेमबहादुर विष्ट र खगेन्द्र हमाल चयन गरेको गरेको छ । भेलाले कर्णाली प्रदेश समाज कुवेतको सल्लाहकारमा लालबहादुर बुढामगर चयन गरेको छ ।

पछिल्लो समय नेपालबाट पढाई र रोजगारीको शिलशिलामा विदेश पुगेका युवाहरु संगठित हुने क्रम बढेको छ । संगठित भएर नेपालको विकासमा कसरी सहयोग गर्न सकिन्छ ?

भन्ने सोचाईका साथ अघि बढेका उनीहरुले समाजका तर्फबाट कर्णालीकाको समग्र विकास, पर्यटन पर्वद्धनमा पुर्‍याउने र असाहाय, असंक्त तथा विपद्मा परेकाहरुको उद्धारमा समेत सहयोग पुर्‍याउने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.