भर्खरै : Sorry, your browser does not support inline SVG.

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए।

सर्वोच्वले पार्टी एकीकरण खारेज गरेर एमाले र माओवादी केन्द्र यथावतमा राखिदिएपछि यसले प्रदेशसम्म प्रभाव पारेको हो । एमाले संसदीय दलका सचेतक गुलाबजंग शाहले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए।

कर्णाली प्रदेश सरकारमा एमालेबाट अहिले तीन जना मन्त्री छन् । उनीहरुलाई पनि फिर्ता बोलाउने निर्णय भएको शाहले बताए । सभामुख बाहेक एमाले संसदीय दलमा १९ जना प्रदेशसभा सदस्य छन् ।

 


Thali Mobile Pvt.Ltd.