भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

कहिले पाउँछ संसदले सभामुख ?

कहिले पाउँछ संसदले सभामुख ?

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही अनुरुप २५ पुसमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै सभामुखका लागि दौडधुप चलेको छ ।

संविधान अनुसार माघ १० गतेभित्रै संसदले सभामुख पाउने देखिएको छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा ९१ मा भनिएको छ, ‘प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।’ सभामुखको टुंगो नलागेसम्म प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।

सत्ता गठबन्धनभित्र सभामुख पद नेकपा एमाले र माओवादी केन्द्रले आधा÷आधा कार्यकाल लिने सहमति भएको छ । सहमति अनुसार प्रधानमन्त्रीमा पनि आलोपालो गर्दा सुरुमा माओवादीले प्रधानमन्त्री लिएका कारण सुरुको सभामुख पद एमालेले लिने बताइएको छ । एमालेमा सभामुखकालागि धेरै सांसदहरु लविङ्ग गरिरहेका छन् ।

संसदीय दलको नेता केपी शर्मा ओलीले सभामुखबारे मुख खोलिनसकेकाले यही हुन्छ भन्ने कुरा गर्भमै भएपनि छविलाल विश्वकर्मा, सुब्बा गुरुङ र विद्या भट्टराई कुरिरहेको स्रोतको दावी छ । सभामुखमा महिला पठाउँदा विद्या भट्टराई पहिलो नम्बरमा जाने वताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.