भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काँग्रेसले १४८ निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै, आज मतदान

काँग्रेसले १४८ निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै, आज मतदान

काठमाडौं । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ । १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

१४ वटा जिल्लाका अधिवेशन सम्पन्न भइसकेका छन् भने आज ६० जिल्लामा अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले बताए ।

उनले भने, ‘बाँकी रहेका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबारबाट अधिवेशन सुरु हुँदैछ ।’ सर्लाही, सिन्धुपाल्चोक र रसुवाका अधिवेशन विवादका रोकिएको र विवाद समाधानका लागि महामन्त्री डा. शशांक कोइराला र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको उनको भनाइ छ ।

नेपाली काँग्रेसले आज प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने जनाएको छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ । केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि पनि चयन गरिने यादवले जानकारी दिए ।

वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने बताइएको छ । आज महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले अधिकांश केन्द्रीय नेताहरु आआफ्नो गृह जिल्लामा खटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.