भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमबार प्रतिनिधिसभामा पेश गरेको विश्वासको मत अस्वीकृत भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ ।

विश्वासको मत अस्वीकृत भएसँगै कांग्रेस सभापति देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्यमार्फत बहुमतको सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.