भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौँ उपत्यकाको वायु गुणस्तर आज अस्वस्थकर तहमा

काठमाडौँ उपत्यकाको वायु गुणस्तर आज अस्वस्थकर तहमा

काठमाडौँ, १२ माघ । काठमाडौँ उपत्यकाको वायु आज अस्वस्थकर अवस्थामा पुगेको छ। विश्वभरको वायु प्रदूषणको अवस्था ‘रियल टाइम’मा मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयर (IQAir) का अनुसार काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक (AQI) मानव स्वास्थ्यका लागि अस्वस्थकर तहमा पुगेको हो।

आईक्यू एयरका तथ्यांकअनुसार काठमाडौँ उपत्यका अन्तर्गत भक्तपुरको वायु गुणस्तर सूचकांक १८५ एक्यूआई मापन गरिएको छ। यस्तै, काठमाडौँको कीर्तिपुर क्षेत्रमा १५४ एक्यूआई र ललितपुरको पाटन क्षेत्रमा १५० एक्यूआई मापन भएको छ। यी सबै सूचकांक जनस्वास्थ्यको दृष्टिकोणले अस्वस्थकर श्रेणीमा पर्छन्।

वायु गुणस्तर सूचकांक १५१ देखि २०० एक्यूआईसम्म पुगेमा ‘अस्वस्थकर’ मानिन्छ। सूचकांक १०० भन्दा माथि पुगेमा विशेषगरी स्वास्थ्य कमजोर भएका व्यक्ति, बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूका लागि जोखिमपूर्ण हुन्छ भने १५० भन्दा माथि पुगेमा सबै नागरिकका लागि अस्वस्थकर मानिन्छ।

आज बिहानको तथ्यांकअनुसार विश्वका प्रदूषित शहरहरूको सूचीमा काठमाडौँ १२औँ स्थानमा रहेको छ। विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीको पहिलो स्थानमा बंगलादेशको ढाका रहेको छ भने दोस्रो स्थानमा भारतको कोलकाता रहेको छ।

स्वास्थ्य विज्ञहरूले अत्यधिक प्रदूषणका बेला अनावश्यक रूपमा बाहिर ननिस्कन, मास्कको प्रयोग गर्न तथा संवेदनशील समूहलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.