भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाडौं उपत्यकाभित्रका क्याम्पसमा नेविसंघको ताला भुण्डियो

काठमाडौं उपत्यकाभित्रका क्याम्पसमा नेविसंघको ताला भुण्डियो

३१ साउन २०७७ काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका सरकारी क्याम्पसमा नेपाल विद्यार्थी संघले ताला झुण्डयाएको छ ।

त्रिभुवन विश्वविद्यालयले नेविसंघका सात जनालाई झुटा मुद्दा लगाएको भन्दै उनीहरूले क्याम्पसहरूमा ताला लगाएका हुन । त्रिचन्द्र, आरआर, पाटन, शंकरदेव, सानोठिमीलगायत क्याम्पसमा शुक्रबार देखि तालाबन्दी गरिएको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए।

शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई गिरफ्तार गरी झुटा मुद्दा लगाउने त्रिविका उपकुलपतिलाई नछोड्ने भन्दै नेविसंघले यसको हिसाव राखेको जनाएको छ। त्रिविमा नेविसंघले उपकुलपति कार्यालयसहित कार्यालयहरूमा तोडफोड गरेको आरोपमा सात जना पक्राउ परेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.