भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

घरको गेटमा किचेर एक बालिकाको मृत्यु

घरको गेटमा किचेर एक बालिकाको मृत्यु

३१ साउन २०७७ झापा । घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु भएको छ ।एक बालिक गम्भीर घाइते भएकी छिन् ।

बिर्तामोड नगरपालिका – १ देवी पञ्चकन्यामा निर्मला चौहानको निर्माणाधीन घरको गेटले किच्दा सोही ठाउँ निवासी ८ वर्षीया वालिका एन्जल सुनुवारको मृत्यु भएको छ भने उनकी ११ वर्षीया दिदी एलुन सुनुवार गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

घाइतेको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । शुक्रवार खेल्ने क्रममा सुनुवार दिदी वहिनीलाई निर्माणाधीन घरको गेट ढलेर किचेको थियो । गेटले किचेर गम्भीर घाइते भएका दिदी वहिनी मध्ये वहिनी एन्जल सुनुवारको आज मृत्यु भएको प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.