भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

शिव शिखर सहकारीका सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित ठगी मुद्दा दायर

शिव शिखर सहकारीका सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित ठगी मुद्दा दायर

काठमाडौं । शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरुविरुद्ध मुद्दा दायर गरिएको छ । सहकारी ठगीमा अहिलेसम्मकै ठूलो मानिएको शिव शिखर सहकारीका सञ्चालक विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अनुसन्धान रिपोर्टको आधारमा मुद्दा दायर गरिएको हो । सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती तथा शिखर अर्गनाइजेशनका निर्देशक गीता शर्मा, सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याल,

गार्डेन मार्टका प्रबन्धक तथा सहकारीको लेखा समितिका सदस्य रमेश खाइजु, सहकारीका प्रबन्धक तथा खाता सञ्चालक रसना शाक्य, शिखर अर्गनाइजेशनका मेनेजर पुस्कर मल्ल, संस्थाको सञ्चालक समितिका सदस्य अमिश राजभण्डारीलाई प्रतिवादी बनाइएको छ ।

सहकारीका सञ्चालकहरुबाट ७८ करोड विगो असुल गर्न तथा आठ वर्ष कैद सजाय गर्न मुद्दामा माग गरिएको छ । सहकारीमा आवद्ध एक हजार १ सय ४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २ सय १४ रुपैयाँ ठगी गरेको ठहर सीआइबीले गरेको थियो ।

सहकारीको कौशलटार शाखाका प्रबन्धक तथा न्यूरोड सेवा केन्द्रका सञ्चालक सुदर्शन कपाली, शिखर टोवाको ईन्डष्ट्रिजका सञ्चालक प्रदिप भट्टराई, सहकारीका ऋण अधिकृत त्रिचन्द्र सुवेदी, लेखासुपरिवेक्षण समितिका सदस्य कुमार श्रेष्ठ, लेखा अधिकृत शमिना श्रेष्ठ र ऋण अधिकृत बालकमुकुन्दू कपालीलाई पनि प्रतिवादी बनाइएको छ ।

मुद्दा दायर गरिएका मध्ये १२ जना फरार रहेका छन् भने अन्य पक्राउ परिसकेका छन् । शिखर बहुउदेश्यीय सहकारी संस्था भक्तपुरका अध्यक्ष सुशील बानियाँ, सचिव तथा गोरखा टि एण्ड कफिका अध्यक्ष तेज बहादुर तामाङ, सहकारीका सदस्य राजु शाखकर्मी, सञ्चालक दिपक बहादुर ऐर, सहकारीका व्यवस्थापक लिलानाथ गौतम, शिखर सहकारीका उपाध्यक्ष भोजराज पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.