भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

काठमाडौं महानगरको १५ दिने अल्टिमेटम,नटेरे कडा कारबाही गरिने चेतावनी

काठमाडौं महानगरको १५ दिने अल्टिमेटम,नटेरे कडा कारबाही गरिने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ दिने अल्टिमेटम सार्वजनिक गरेको छ । मंगलबार काठमाडौं महानगरपालिकाले ठूलाखाले साइनवोर्ड हटाउन पुनः १५ दिने सूचना निकालेको हो । ३० वर्गफिट भन्दा ठूला साइनबोर्ड हटाउन अटेर गरे महानगरपालिका आफैंले त्यस्ता साइनबोर्ड हटाउने र त्यसबापत लाग्ने खर्च पनि सम्बन्धित पक्षबाट भराउने चेतावनी समेत पनि दिइएको छ ।

यसअघि ३५ दिने सूचना जारी गरेको महानगरले अर्को सूचना निकाल्दै १५ दिन साइनबोर्ड हटाउन उर्दी जारी गरेको हो । काठमाडौं महानगरपालिकाले साइनबोर्ड राखे बापतको शुल्क तिर्न आग्रह गर्दै पसल, व्यापारिक प्रतिष्ठान, संघ–संस्था, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरुलगायतलाई महानगरपालिकाले ३० वर्गफिट भन्दा ठूला साइनबोर्ड हटाउन आह्वान समेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.