भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क |

काठमाण्डौमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने

काठमाण्डौमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने

काठमाण्डौ । असार २ गतेदेखि ५ गतेसम्म काठमाण्डौमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने भएको छ । नेपाल कफी व्यवसायी महासङ्घले कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन एवं प्रदर्शनीको आयोजना गर्न लागिएको जनाएको हो । महासङ्घले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, आयोजना गर्न लागेको हो ।

सम्मेलनमा कफीको आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्न विद्यमान तथा आवश्यक नीतिमा छलफल एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबीच अन्तर्क्रिया गरिने महासंघले जनाएको छ । सम्मेलनबाट कफीका उत्पादकहरू, सम्बन्धित उद्यमीहरूलगायत यस क्षेत्रमा रुचि राख्नेहरूका लागि सकारात्मक सहयोग पुग्ने महासङ्घले आशागरेको छ ।

उद्यमी व्यवसायीका आफ्ना उत्पादनहरूको प्रदर्शनी तथा यस क्षेत्रको समग्र विकासमा सकारात्मक योगदानका लागि सम्मेलन तथा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको महासङ्घले निकाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.