भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाण्डौमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण, क्यान्सर समेत हुने भएकाेले माेर्निङवाक नगर्न सुझाव

काठमाण्डौमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण, क्यान्सर समेत हुने भएकाेले माेर्निङवाक नगर्न सुझाव

काठमाण्डौ ।काठमाण्डौमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ । काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमले जनाएको छ । यो प्रदूषण अझै केही दिन रहने देखिएको छ ।

स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको हावाको प्रदूषण खतराको अवस्थाबाट अझै तल झरेको छैन । काठमाण्डौमा एक्यूआई ४७० सम्म पुगेको प्रदुषण सुधार हुन अझै समय लाग्ने जिकिर वातावरण विभागको छ । आँखा पोल्ने, नाक खिरखिराउने र गला पोल्ने यस प्रदुषणले स्वास्थ्यमा निकै समस्या पैदा गर्ने वातावरण विज्ञको भनाई छ ।

के हो त कारण ?
नेपालका धेरैजसो जिल्लामा लागेको डढेलो प्रदुषणको मुख्य कारण रहेको छ । पानी पर्ने सम्भावना नरहेकाले वायुमण्डल सुधार हुने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यता भक्तपुर, कीर्तिपुर, भैंसेपाटी, सिमरालगायतका विभिन्न ठाउँको एक्यूआई तीन सय नाघेको छ ।

यो घातक प्रदुषण भएकाले केही दिन मर्निङवाकमा नजान र फोहर नजलाउन विज्ञको सुझाव छ । हावाको प्रदूषण अत्याधिक बढेको र सबैभन्दा धेरै काठमाण्डौमा देखिएको मापन केन्द्रले जनाएको छ ।

यो स्वास्थ्यका लागि निक्कै घातक रहेको र यस्तो अवस्थामा विपद् घोषणा गर्नुपर्ने वातावरणविद्हरुले सुझाव दिएका छन् । क्यान्सरजन्य रसायनसमेत प्रदुषणमा मिसिएकोले यस्तो बेलामा छातीको रोगमात्र नभएर क्यान्सरको जोखिमसमेत हुने विशेषज्ञरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.