भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काभ्रे जिल्लाको ढुंर्खक अस्थायी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रे जिल्लाको ढुंर्खक अस्थायी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं २ ढुंखर्कमा अवस्थित ढुंखर्क अस्थायी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोराना भाइरस (कोभिड १९) को संक्रमण तीव्र रुपमा फैलिरहेको वेला कैलाश खवर डटकमको पहलमा काभ्रे जिल्लाको ढुंखर्क अस्थायी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।Samgrai

स्वास्थ्य सामग्री भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक तथा बागमती प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति सदस्य रामसुन्दर बकेले स्वास्थ्य सामग्री अस्थायी अस्पताका प्रमुख दुर्गाप्रसाद पोखरेल र डाक्टर किशोर महर्जनलाई हस्तान्तरण गरहेका हुन । स्वास्थ्य सामग्री प्राप्त गरेपछि डाक्टर महर्जनले विरामीहरुलाई मुटु र फोक्सोको अभ्यास गर्न सहज हुने बताए ।dr. kishwor maharjan

स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थामा दुर्गम ठाउँसम्म आएर स्वास्थ्य रामग्री हस्तान्तरण गरेकोमा डाक्टर महर्जनले कैलाशखबर टमकलाई धन्यवाद समेत दिएका थिए । त्यस्तै अस्पतालका प्रमुख दुर्गाप्रसाद पोखरेलले अस्थायी अस्पतालाई पालिकाले महत्वका साथ हेरिरहेको जानकारी दिए । उनले काठमाडौं उपत्यकाबाट ५५ किलोमिटरको दुरीमा रहे पनि निकै दुर्गम अवस्थामा रहेको बताए ।Durga pokharel

उनले पालिकाको सम्पूर्ण रेखदेखमा सञ्चालन भइरहँदा यहाँका स्थानीयले सेवा पाएको जानकारी दिए । कोभिडको वेलामा अस्पतालका कर्मचारीहरु २४ घण्टा खटिएको र निरन्तर सेवा गरिरहेको उनले जानकारी दिए । कर्मचारीले खेलेको भूमिकाप्रति बेथानचोक गाउँपालिका पनि सकारात्मक रहेको उनको भनाई छ ।

वेथान चोक अस्थाई अस्पतालमा २ जना स्टाप नर्स, एक जना कार्यालय सहयोगी र एक जना मेडिकल अफिसर रहेको पोखरेले जानकारी दिए । वेथान चोक स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री पठाउन पर्यटन व्यवसायी रामसुन्दर बके, व्यवसायी नविन माकजु, सुनिल याकामी, कमल सिजापति र कैलाश खबरको आर्थिक,नैतिक र भौतिक सहयोगनमा हस्तान्तरण गरिएको थियो । asthai aspatal

 


Thali Mobile Pvt.Ltd.