भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्दै

कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्दै

काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्दैछिन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

संयुक्त बैठकलाई दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको छ । कार्यकाल सकिन लागेको अवस्थामा राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन ।

फागुन २८ गते उनको कार्यकाल सकिदै छ । भण्डारीको यो दोस्रो कार्यकाल हो । संवैधानिक व्यवस्था अनुसार एकै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुने व्यवस्था छैन ।

फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिने भएकोले त्यसअघि २५ गते नै राष्ट्रपति निर्वाचनको मिति तय गरिएको र त्यसका लागि तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको सम्बोधनपछि संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाला प्रचण्डले सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.