भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको भन्दै विमानस्थलको भन्सार कार्यालयका कर्मचारीले सरुवा मागे

कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको भन्दै विमानस्थलको भन्सार कार्यालयका कर्मचारीले सरुवा मागे

काठमाण्डौ । १ सय ३७ जना कर्मचारीले सरुवा मागेका छन् । काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारीहरुले सरुवा मागेका हुन ।

२४ सै घण्टा सार्वजनिक बिदाका दिनहरूमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई कानुनअनुसार काम गर्दा पनि विभिन्न निकायबाट दुःख दिइएको,अनावश्यक शङ्का गरेको र यात्रु शाखामा यात्रुबाट दुर्व्यवहार र अपशब्द भोग्नु परेको उनीहरूको गुनासो छ । ब्रेक शुु मा लुकाएर सुन तस्करी गरिएको प्रकरणपछि आफूहरूलाई विनाकारण दुःख दिइएको उनीहरूको आरोप छ ।

विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको उनीहरूको गुनासो छ ।

कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै उनीहरूले कार्यालयमा उपस्थित भई तोकिएको कार्य–जिम्मेवारी पूरा गर्न आफूहरूमा व्यक्तिगत, मनोवैज्ञानिक त्रास उत्पन्न भएको उनीहरुले उल्लेख गरेका छन् ।

६० किलो सुन तस्करी र अन्य विभिन्न घटनामा कर्मचारीलाई अनावश्यक दबाब र डर, त्रास उत्पन्न गराएको भन्दै १ सय ३७ जनाले विभागका महानिर्देशक सामु सरुवा मागेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.