भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आइएमएफ प्रमुख चीन भ्रमणमा

आइएमएफ प्रमुख चीन भ्रमणमा

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभा चीन भ्रमण गर्ने भएका छन् । अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म प्रबन्ध निर्देशकले चीनको वरिष्ठ नेतृत्व टोलीसँग द्विपक्षीय छलफलका लागि चीन भ्रमण गर्ने आईएमएफका प्रवक्ताले बताए ।

बेइजिङ भ्रमणका क्रममा जर्जिभाले सन् २०२३ ‘अर्को चुनौतीपूर्ण वर्ष’ हुने र अनिश्चितता ‘असाधारण रूपमा उच्च’ रहेको बताएका थिए । आईएमएफ प्रमुखले मार्चमा चीनका नीति निर्माताहरूलाई उत्पादकत्व बढाउन र अर्थव्यवस्थालाई लगानीबाट टाढा राख्न र अधिक टिकाउ उपभोग–आधारित वृद्धिको दिशामा पुनः सन्तुलित गर्न आग्रह गरेका थिए ।

आईएमएफले यस वर्ष चीनको कूल गार्हस्थ्य उत्पादनमा ५ .२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। गत महिना आईएमएफले पहिलो त्रैमासिकमा लचिलो सेवा क्षेत्रको गतिविधि र बलियो श्रम बजारका कारण यस वर्ष विश्वव्यापी वृद्धिका लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.