भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क |

कार दुर्घटनामा परि प्यूठानमा आठै जनाको मृत्यु

कार दुर्घटनामा परि प्यूठानमा आठै जनाको मृत्यु

प्यूठान । प्यूठानमा कार दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । सोमबार स्वर्गद्वारी नगरपालिका–४, भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा भएको कार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

मृत्यु हुनेहरुमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१५, कोठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पोखरेल, उनका छोराहरू १४ वर्षीय विशाल पोखरेल र ९ वर्षीय विकास पोखरेल रहेका छन् । दाङको लमही नगरपालिका– ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीय राधा र ९ वर्षका छोरा आदित शाहको मृत्यु भएको छ भने, कार चालक दाङ लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१५ तुल्सीपुरका ११ वर्षीय बालक शिशिर खनालको दुर्घटनामा मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४, भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा कार अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवारर आठै जनाको मृत्यु भएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.