नेपाल–भारत सीमा सुरक्षा बैठक नयाँदिल्लीमा बस्ने, कालापानी र सुस्ताबारे छलफल ?

नेपाल–भारत सीमा सुरक्षा बैठक नयाँदिल्लीमा बस्ने, कालापानी र सुस्ताबारे छलफल ?

काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीमा बस्ने नेपाल–भारत सीमा सुरक्षा बैठकमा कालापानी र सुस्ताबारे छलफल नहुँने भएको छ ।
नयाँदिल्लीमा मंगलबार बस्न लागेको नेपाल–भारत सीमा सुरक्षा बैठकमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे छलफल नहुँने भएको हो ।

बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा मात्रै छलफल हुने गृह मन्त्रालयले जनाएको छ । बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल नेतृत्वको टोली भारतको नयाँदिल्ली पुगेको छ ।

नेपालका तर्फबाट आईजीपी खनाल, सशस्त्र प्रहरी कार्य तथा सीमा विभाग प्रमुख पुष्पराज केसी, प्रशासन विभागका डीआईजी नारायणदत्त पौडेललगायत सहभागी हुनुहुनेछ । भारतका तर्फबाट भारतीय सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रासहितको टोली सहभागी हुँने जनाइएको छ ।

दुई देशले आलोपालो बैठक आयोजना गर्ने भनिए पनि नियमित बैठक बस्न सकेको छैन। यसअघि चौथो बैठक २०७६ मंसिर ४ र ५ गते पोखरामा बसेको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.