भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कुखुरा फर्ममा आगलागी हुँदा सिन्धुपाल्चोकमा बालकको मृत्यु

कुखुरा फर्ममा आगलागी हुँदा सिन्धुपाल्चोकमा बालकको मृत्यु

सिन्धुपाल्चोक । कुखुरा फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । बिहान ९ बजे बलेफी गाउँपालिका– ४ लप्सेमा रहेको लप्से युवा पशुपंक्षी फर्ममा आगलागी भएको हो ।

उक्त आगलागीमा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले बताए । वडा ४ का वडाध्यक्ष सुर्के तामाङले फर्म सञ्चालन गर्दै आएका थिए ।

फर्ममा काम गर्ने २५ वर्षीय निर्जला कार्कीका ३ वर्षीय छोरा निर्जलको मृत्यु भएको हो । घटनास्थलमै उनको मृत्यु भएको डिएसपी बुढाथोकीले बताए ।

सवा १० बजे प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको थियो । आगलागीबाट अन्दाजी ६ लाख १४ हजार बराबरको क्षति भएको छ ।

कसरी आगलागी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.