भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

नेपालमा कोरोना संक्रमितको संख्या ६१,५९३ पुग्यो, थप सात जनाकाे मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ६१,५९३ पुग्यो, थप सात जनाकाे मृत्यु

काठमाडौं । थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । विहीबार नियमित लाइभ अपडेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।

कुन प्रदेशमा कति मुक्त ?
प्रदेश १ मा ३८४७ जना
प्रदेश २ मा ११९०० जना
वाग्मती प्रदेश ९७७१ जना
गण्डकी प्रदेशमा २५३४ जना
प्रदेश ५ मा ६९६० जना
कर्णाली प्रदेशमा २६५७ जना
सुदूरपश्चिम प्रदेशमा ६१५१ जना

थप ७ जनाको मृत्यु
नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ । थप सात जनाको मृत्यु भएसंगै यति धेरै संक्रमितको मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.