भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

कुवेत जान लागेका १ सय २६ जना अध्यागमनबाटै फिर्ता

कुवेत जान लागेका १ सय २६ जना अध्यागमनबाटै फिर्ता

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा कुवेत जान लागेका एक सय २६ जना श्रमिकलाई फर्काइएको छ । अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलले कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको हो । बुधबार बेलुकी ९८ जना र बिहीबार बिहान २८ जना गरी जम्मा एक सय २६ जनालाई कुवेत जानबाट रोकिएको र ती मध्ये अधिकांश महिला रहेका छन् ।

श्रम स्वीकृति लिएर गएका भए पनि अन्य कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको विभागले जनाएको छ । एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर भिसा अर्कै देशको रहेको पाइएकाले फर्काएको हो ।

अध्यागमन विभाग र वैदेशिक रोजगार विभागले थप अनुसन्धान गरी यसरी श्रमिक पठाउने म्यानपावर कम्पनीमाथि थप कारबाही अगाडि बढाइने विभागले जनाएको छ ।
अध्यागमनले उनीहरुलाई घरेलु कामदारको रुपमा जान लागेको आशंका र घरेलु श्रमिकका रुपमा कुवेतमा जान नमिल्ने भएको छ ।

विभिन्न म्यानपावर कम्पनीहरुले झुटा विवरण पेस गरेर घरेलु कामदारमा पठाउन खोजेको भन्ने सूचनाका आधारमा अध्यागमनमा कडाइ गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.