भर्खरै : Sorry, your browser does not support inline SVG.
हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन |

कृषि उत्पादन बढाउन मेला

कृषि उत्पादन बढाउन मेला

पाल्पा ।कृषि उत्पादनलाई बढावा दिन पाल्पामा कृषिमेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका–९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ ।

मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषियन्त्र, बीउबिजन, नर्सरी बिरुवा बिक्री–वितरण, पशुरोग निदान तथा गोबर परीक्षण, कृषि संवाद कार्यक्रम, कृषि परिकार स्टल, प्लान्ट क्लिनिक, जैविक मल उत्पादन तथा माटो परीक्षण गरिने तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

कृषि उत्पादन बढाउन, कृषकलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्न लागिएको यस मेलाले कृषकमा उत्साह थपिएको छ । ‘कृषि कर्ममा सहभागी बनौँ, परनिर्भरताको अन्त्य गरौँ’ भन्ने नारासहित कृषि सेवा केन्द्र दमकडा, मदनपोखरा सङ्गम सहकारी, कृषिमेला उपभोक्ता समिति तानसेन–९ को आयोजनामा मेला हुँदैछ । कृषि ज्ञान केन्द्र पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ पाल्पाको सहयोगमा मेला गर्न लागिएको हो ।

 


Thali Mobile Pvt.Ltd.