भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कृष्णभक्त र उमेशलाई पछार्ने दाउमा रवि, चितवनमा रोचक बन्दै चुनावी अभियान

कृष्णभक्त र उमेशलाई पछार्ने दाउमा रवि, चितवनमा रोचक बन्दै चुनावी अभियान

भरतपुर । मंसिर ४ मा हुने निर्वाचन नजिकै जाँदा चितवन क्षेत्र–२ को चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार १६ जना चुनावी मैदानमा होमिएका छन् । तर चितवन–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ, एमाले नेता कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलोमा दौडिरहेका उनीहरुले माहोल तताइरहेका छन् । चितवनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा लागेपछि सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि लामिछाने उम्मेदवार बनेसँगै चितवन चर्चामा चुलिएको छ ।

यस्तै, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठ पहिलो पटक प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिएका छन् । उनी यसअघि समानुपातिकबाट सांसद बनिसकेका हुन् । अर्का नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल यो क्षेत्रका लागि नयाँ होइनन् ।

पोखरेलले २०७० र २०७४ को निर्वाचनमा यो क्षेत्रबाट जित हासिल गरेका थिए । उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका शेषनाथ अधिकारीलाई १७ हजार ३५६ मतले हराएका थिए ।

 


Thali Mobile Pvt.Ltd.