भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

के छ बालकृष्ण खाणको अवस्था ? दोषीलाई हदैसम्मको कारबाही माग

के छ बालकृष्ण खाणको अवस्था ? दोषीलाई हदैसम्मको कारबाही माग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर हुनबाट बचाउन परपञ्च रचिदै गरेको जनगुनासा उठ्न थालेका छन् । जिल्ला अदालत काठमाडौंमा जारी थुनचेक बहसमा पनि तीन दिन यता बहसको अन्त्य अनौठो गरी हुन थालेको छ ।

अभियुक्तलाई थुनामा राखेर वा धरौटी वा तारेखमा छोडेर मुद्दाको सुनुवाई गर्ने निर्णय दिन बहस सक्दो छोट्याउने गरिन्छ । तर तीन दिनदेखि यता भने यो प्रयास बिथोलिँदै आएको बुझिएको छ ।

टेकनारायण पाण्डेका वकीलले बहस सकाएपछि बाँकी अभियुक्तका कानून व्यावसायी तयार नहुँदा जेठ २८ अपरान्ह साढे ४ बजे नै इजलास स्थगित भएको थियो । पूर्व गृहमन्त्री बालकृष्ण खाणका कानून व्यावसायीलाई बहस आजै सक्न न्यायाधीश न्यौपानेले आग्रह गरे ।

तर १० जनाले बहस गर्दा पनि थप वकील बहसका लागि अगाडि बढे । थुनचेक बहसमा सुनुवाई लम्बिरहेको छ । खाणको प्रतिरक्षामा मात्र बारका वर्तमान पदाधिकारीदेखि पूर्व पदाधिकारीसम्मले बहस गर्दैछन् । खाणका तर्फबाट बहस गरेका वकीलले ६ वटा विषयमा प्रतिरक्षा गरेका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने प्रकरणमा संगठित गिरोह चलाएको आरोपमा प्रहरीले ३० जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये १८ जना पक्राउ परेका छन् भने बाँकी फरार छन् ।

२८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ बिगोसहित ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकुलको कसुर र एकीकृत कसुरमा मुद्दा विचाराधीन छ । दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने वकिलहरुले बहस गरिरहेका छन् ।

जनस्तरबाट पनि राष्ट्रद्रोहीहरुलाई हदै सम्मको कारबाहीको माग उठेको छ । दोषी नउम्किउन र निर्दोष नफसुन भन्ने आधारबाट वकिलहरुले बहसलाई अगाडि बढाइरहेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.