भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सरकारलाई सांसद सुवालको प्रश्नः चार हजार ११७ किलो सुन तस्करी कसरी भयो ? (भिडियो)

सरकारलाई सांसद सुवालको प्रश्नः चार हजार ११७ किलो सुन तस्करी कसरी  भयो ? (भिडियो)

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधि सभा सदस्य सांसद प्रेम सुवालले सरकारलाई गम्भिर ७ प्रश्न गरेका छन् ।  १० वर्षमा त्रिभुवन विमानस्थलबाट ४ हजार एक सय १७ किलो सुन तस्करी भयाे भन्दै उनले सेना घटाउने प्रस्ताव गलत मनसायबाट संसदमा प्रस्तुत गरिएकाे दावी गरे ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठमा बोल्दै सांसद सुवालले त्रिभुव विमानस्थलबाट कति किलो सुन तस्करी भयो र ती तस्करीमा संलग्न सबैलाई कडा कारबाही गरिनु पर्ने बताए । बहुदल र गणतन्त्रको ३४ वर्ष यता ठमेलको सार्वजनिक कमल पोखरिमा छायाँ कम्प्लेक्स कसरी निर्माण भयो ? भन्ने जिज्ञासा राखे ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिले कसरी हडप्याे ? नेपाली नागरिकलाई नक्कली भुटानी सरणार्थी कसरी बनाइयो ? लगायतका प्रस्न राख्दै सांसद सुवालले  कुन–कुन प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको पालामा कति कति सुन तस्करी भयो ? त्यसकाे लेखाजाेखा राखेर कारबाही गरिनु पर्ने बताए ।

भारतीय शासक वर्गले नेपालकाे प्रधानमन्त्री बनाउने कुरा सार्वजनिक भयाे भन्दै उनले भने “शासाक दलका कुन–कुन नेताले सुन तस्करलाई दुहुनो गाई बनाई राखेका छन् ? त्याे कुरा सार्वजनिक गराउँन जरुरी रहेको छ ।”

संसद् बैठक चलिरहेका बेला सदनले बनाएको ऐनको व्यवस्थालाई सरकारले बाधा अड्काउ फुकाउको नाममा परिवर्तन गर्न नपाइने भन्दै कार्यसुचिबाट हटाउन माग गरे ।  गत हप्ता नेपालमा आएका अमेरिकी विदेश साहयकमन्त्री डोनाल्ड लुले एमसीसी परियोजना कार्य ढिलो भएकाले यसबाट बढ्ने लागत नेपाली जनातालाई तिराउने दबाब सहितकाे धम्कि दिएको सार्वजनिक भएको बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

एक दशक यता तीन गुणा सार्वजनिक ऋण र तीनै गुणाले ब्यापार घाटा बढेको बताउँदै उनले भने, ‘के विकास यहि हो ? कुन–कुन सरकारको पालामा कति–कति ब्यापार घाटा भयो र सार्वजनिक ऋण बढ्यो यसबारे विस्तृत छान्विन् गरि दोषीलाई कार्वाही गरिनु पर्छ ।

देशको सार्वभौमिकता र सीमा सुरक्षा सेनाबाट मात्रै सम्भब भएको भन्दै नेपाली सेनाको संख्या घटाउने प्रस्ताव देशकाे हित विपरित भएको तर्क गरे । नेपाली सेनाको संख्या बढाएर विकास निर्माणको काम लगाउँनु पर्ने बताए । सांसद सुवालले सेनालाई ठेका दिने कार्य गलत भएको तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.