नवलपुर । कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप मंगलबार गण्डकी प्रदेशको तीन जिल्लामा पुगेको छ ।तनहुँ, गोरखा र नवलपुरलाई कोभिसिल्ड भ्याक्सिन हस्तान्तरण गरिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
१ सय १७ एम्पुल कोभिसिल्ड भ्याक्सिन देवचुली नगरपालिकास्थित दुम्कौली स्वास्थ्य चौकीमा स्टोर गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले बताए ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका कोल्ड चेन निरीक्षक सुवेदीले जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई खोपको प्याकेट हस्तान्तरण गरेका थिए ।
