भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कोरोनाले मृत्यु भएका दैलेखका एक पुरुषको परिवारका अन्य सदस्‍यको परीक्षण खोइ ?

कोरोनाले मृत्यु भएका दैलेखका एक पुरुषको परिवारका अन्य सदस्‍यको परीक्षण खोइ ?

२१ जेठ २०७७ दैलेख । कोरोना संक्रमणका कारणबाट मृत्यु भएका एक पुरुषको परिवारका अन्य सदस्‍यहरूको अहिलेसम्म कोरोना परीक्षण गरिएको छैन । जेठ १७ गते दैलेखको दुल्लु नगरपालिकास्थित पटाङ्गीनी क्वारेन्टाइनमा रहेका वडा नम्बर ११ का एक पुरुषको मृत्यु भएको थियो ।

भारतबाट घर फर्केका उनी क्वारेन्टाइनमा बसेको ८ दिन पछि मृत्यु भएको थियो। क्वारेन्टाइनबाट उनले परिवारका सदस्यसंग भेटघाट गरेका थिए। मृतकका परिवारमा श्रीमती, एक छोरा, एक छोरी र बुबाआमा गरी ६ सदस्‍य रहेका छन् ।

उनको मृत्यु भएपश्चात परिवारका सदस्यले कोरोनाको परीक्षण गरिदिन माग गरे पनि अहिलेसम्म उनीहरूको स्वाब संकलन नभएको वडाअध्यक्ष खगेन्द्र थापाले बताए। मृतकका परिवारले कोरोनाको जाँच गरिदिन माग गरे पनि अहिलेसम्म कुनै परीक्षण हुन सकेको उनले बताए ।

पछिल्लो समय कोरोना महामारीले दैलेखमा अग्रता लिएपनि सम्बन्धित निकायले चाँसो नदिएको स्थानीयले गुनासो गरेका छन् । दैलेखका साँसदहरुले प्रदेश सभामा कुरा उठाइरहेका छन् ।