डाक्टरको जन्मोत्सबमा सडक बालबालिकालाई खाना

डाक्टरको जन्मोत्सबमा सडक बालबालिकालाई खाना

२० जेष्ठ २०७७ काठमाडौं । कोरोना महामारीकै बीचमा चीनको वुहानबाट नेपाल आएर महामारी नियन्त्रणमा लागेका डा. रमेश आचार्यले आफ्नो जन्मोत्सव पहिले भन्दा फरक तरिकाले मनाएका छन् । काठमाडौं उपत्यकामा रहेका सडकका टुहुरा बालबालिकालाई जन्मोत्सवमा समेटेर उनले पेटभरी खान दिएका छन् ।

महामारीको कहरमा सडक पेटी त के आलिशान महलपनि त्रासमा छन् यति बेला । सम्पन्न राष्ट्रलाई त आछुआछु पारेको कोरोना महामारीले कहाली लाग्दो सडक पेटीमा बस्ने नेपाली मानिस डाक्टरको नजरमा पर्नु स्वभाविक लाग्छ । राज्यले अभिभावकत्व ग्रहण कागजमा गरे जस्तो छैन सडक पेटी ।

रोजगारीका लागि विदेशीयका नेपालीको पीडा त झन भनेर साध्य नै छैन । समस्यामा परेका मानिसलाई राहत त परको कुरा उपचारमा समेट छुन नदिने सरकारले सडक पेटीलाई सोच्न कसरी सक्थ्यो सरकारले त मन्त्री निवासमा जिमखाना खोल्न महंगा कारपेटले राष्ट्रपति कार्यालय सजाउनु भन्दा सडक पेटीका बालबालिका देखोस पनि कसरी ?

विभिन्न यी र यस्तै दृश्यले सोच्न गम्भिर बनाएको बेला डा. रमेश आचार्यको जन्मोत्सवले भने मानवीयताको पाठ सिकाएको छ । सडकका बालबालिकालाई मात्रै होइन उनले बृद्ध आमाबुबालाई खाना साथै आर्थिक सहयोग गरेर जन्मोत्सब मनाएका छन् ।

डा. आचार्यले नयाँ ठिमीमा रहेका सडक बालबालिका, अपांग र बृद्धबृद्दालाई खाना, मास्क बितरण र आर्थिक सहयोग गरेका छन् । जन्मदिनको अवसरमा भक्तपुर क्यान्सर अस्पतालका बिरामी र कुरुवालाई एक छाक खाना खुवाएका छन् । सुर्यविनायकका वृद्धबृदालाई पनि खाना खुएका छन् ।

कोभिड–१९ का कारण देश लकडाउनमा छ । यस्तो बेला होटेलहरु बन्द छन् । बन्दाबन्दीको अवस्थामा बिरामी र कुरुवालाई केहि सजिलो होस भन्ने उदेश्यले यसपालिको जन्मोत्सवमा निःशुुुल्क खाना खुवाएको डा. आचार्यले कैलाश खबरलाई बताए ।

अध्यनकै शीलशिलामा चीन, अमेरिका बस्दै आएका डा. रमेश आचार्यले बेलायत, जर्मन, इटली, फ्रान्स, अष्ट्रेलिया र जापान लगायत बिश्वका ७० देशको भ्रमण गर्न पनि भ्याएका छन् । नेपालका ४० जिल्लामा स्वास्थ्य शिबिर सम्पन्न गरिसकेका डा. आचार्य पछिल्लो समस्यामा परेका व्यक्तिको सेवामा देखिएका छन् ।

चीनको थोङ्ची मेडिकल कलेज वुुहानका रिसर्च स्कलर तथा अन्तर्राष्ट्रिय छबि बनाएका डा. आचार्य कर्णाली प्रदेशको दुर्गम जिल्ला दैलेखमा जन्मिएका हुन । ठूला पाटी प्यालेसमा विग पाटी दिएर जन्मदिन मनाउनु भन्दा असहाय, वृदवृदा, टुहुरा बालबालिका र समस्यामा परेकालाई सहयोग गरेर जन्मदिन मनाउन सन्देश दिने डा. आचार्यलाई जन्मोत्सवको हार्दिक शुभकामना ।

अरुलाई पर्दैन पैसा अभावले पढ्न नपाएका र पैसाकै कारण अवसर गुमाएकाहरुलाई सधै साथ दिऔं, माया गरौं।

Mohotsav


Thali Mobile Pvt.Ltd.