भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

कोशी प्रदेशमा राजनैतिक संकट,प्रदेश सभा बैठक अनिश्चित

कोशी प्रदेशमा राजनैतिक संकट,प्रदेश सभा बैठक अनिश्चित

काठमाण्डौ । कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित भएको छ । सभामुखको जिम्मेवारीमा रहनुभएकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै काठमाण्डौतर्फ आएपछि बैठक अनिश्चित भएको हो ।

एमालेले उपसभामुखलाई अनुपस्थित गराउने डरका कारण सत्ता गठबन्धनले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई यसअघि नै मन्त्रीमा नियुक्त गरिसकेको छ । एमाले र राप्रपाले पनि मण्डलपछिका आठ जना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर सत्ता गठबन्धन दलकै सांसदलाई प्रदेश सभाको अध्यक्षता गर्ने अवस्था सिजना गर्न लागेका छन् ।

मण्डलपछिका ज्येष्ठ सदस्य रहेका एमाले र राप्रपाका सांसदहरुले हिजो नै प्रदेशसभा सचिवालयमा बिदा मागेका छन् । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद छन् । प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी प्रतिपक्षमा ४६ प्रदेश सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन ४७ सदस्यको समर्थन आवश्यक छ ।

सत्तारुढ गठबन्धनसँग बहुमत ४७ सदस्य छन् । तर त्यो बहुमत उपसभामुख दनुवार वा एमाले र राप्रपाका अध्यक्ष मण्डलका सदस्य र ज्येष्ठ सदस्यले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहन्छ । उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने अङ्क गणितीय जटिलता छ ।

सभामुख रहेका बाबुराम गौतमले यसअघि नै थापाको मुख्यमन्त्री पद जोगाउन राजीनामा दिनुभएको छ । सभामुख र उपसभामुख दुवै नहुँदा प्रदेशसभा ज्येष्ठ सदस्यले चलाउने प्रावधान छ ।

 


Thali Mobile Pvt.Ltd.