भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

क्रिकेट टिमको प्रशिक्षणका लागि ५ खेलाडी थप

क्रिकेट टिमको प्रशिक्षणका लागि ५ खेलाडी थप

काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान) लेपाँच खेलाडी थप गरेको छ । कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण भएपछि क्यानले बुधबार पाँच खेलाडी थप गरेको हो । क्यानले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई बन्द प्रशिक्षणको लागि टिममा बोलाएको छ ।

यस अघि क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडी बोलाएको थियो । तर, कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो । नेपाली टिमले बिहीबारबाट प्रशिक्षण सुरु गर्दैछ । नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ । नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्कन लागेका हो ।

कोरोना भाईरसको महामारीको कारण गत चैतबाट नेपाली टिमले सामुहिक प्रशिक्षण गरेको छैन ।लामो समय खेलाडी मैदान बाहिर रहेपछि नेपाल क्रिकेट संघ ९क्यान० ले सावधानी अपनाएर प्रशिक्षण गराउन लागेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.