भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

खराब मौषमका कारण ११ वटा काउन्टीमा संकलटकाल, विद्यालय बन्द गरिए

खराब मौषमका कारण ११ वटा काउन्टीमा संकलटकाल, विद्यालय बन्द गरिए

एजेन्सी । खराब मौषमका कारण न्युयोर्कका ११ वटा काउन्टीमा संकलटकाल घोषणा गरिएको छ । ती काउन्टीहरुमा गभर्नर क्याथी होकुलले संकटकालिन अवस्थाको घोषणा गरेकी हुन् ।

सप्ताहन्तमा नयुयोर्कको बफेलो लगायतका क्षेत्रमा पाँच फिट सम्म हिमपातको सम्भावना रहेको छ । बफेलो क्षेत्र प्रमुख जीवन जोखिमपूर्ण आँधीको चपेटामा पर्न लागेको उल्लेख गर्दै गभर्नर होकुलले राज्यको यातायात विभाग, नेशनल गार्ड र हिउँ सोहोर्ने गाडीहरु सबै स्ट्यान्डबाइ रहेको बताएकी छिन् ।

उनले भिजिबिलिटी शुन्य हुने भएकाले स्थानीयहरूलाई सडकबाट टाढा रहन आग्रह गरेकी छिन् । विद्यालयहरू बन्द हुनेछन् र स्थानीयहरूलाई टाढाबाट काम गर्न र सम्भव भए घरमा बस्न प्रोत्साहित गरिएको छ।

न्यूयोर्क राज्यका केही भागहरू हिमआधीको चपेटामा परिरहेको छन् । बुधवार सुरु भएको भयंकर हिमआँधीले कम्तिमा हप्ताको अन्त्यसम्म सडकको अवस्था खराब हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.