भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

खाद्यले माग्यो १०६ कर्मचारी कात्तिक १० गतेसम्म आवेदन दिन सकिने

खाद्यले माग्यो १०६ कर्मचारी कात्तिक १० गतेसम्म आवेदन दिन सकिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनीले आवेदन आह्वान गरेको हो ।

योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले विभागीय प्रबन्धक २ जना, सह विभागीय प्रबन्धक ६ जना, वरिष्ठ अधिकृत ६ जना अधिकृत १० जना, वरिष्ठ सहायक १९ जना, अटो मिल मेकानिक्स १ जना, मिल अपरेटर १ जना र सहायक ६१ जना कर्मचारी आव्हान गरेको छ ।

कात्तिक ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । दोब्बर दस्तुर बुझाएर कात्तिक १० गतेसम्म पनि आवेदन दिन सकिने छ ।

 


Thali Mobile Pvt.Ltd.