भर्खरै : Sorry, your browser does not support inline SVG.

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सय जनामाथि मुद्दा चलायो

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सय जनामाथि मुद्दा चलायो

काठमाण्डौ ।मानव स्वास्थ्यमा हानि पु¥याउने खाद्य वस्तु बिक्री गरेको भन्दै एक सय व्यक्तिमाथि मुद्दा दर्ता भएको छ । खानेपानी, दुग्धजन्य पदार्थको उत्पादन तथा मासु, दलहनलगायतका सामग्री बिक्री वितरण गरेको अभियोगमा विभिन्न जिल्लामा एक सय व्यक्तिमाथि मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता कम्पनीका लगानी कर्ता तथा बिक्रेताका नाममा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा गरिएको जनाइएको छ । खाद्य ऐन (तेस्रो संशोधन) –२०४९ अनुसार उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

अभियोग प्रमाणित भएमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्मा जरिबाना वा दुवै सजाय हुनसक्ने विभागले जनाएको छ । गुणस्तरहीन दूषित प्रशोधित पिउने पानी बजारमा पठाउने १६ उद्योगमाथि मुद्दा दायर भएको छ । यसैगरी, गुणस्तरहीन बेकरी तथा बिस्कुट बेच्ने १३ वटा, तेल तथा घिउका ११ वटा, दानाका नौवटा, तयारी चाउचाउ सातवटा, मसलाका सात, दालमोठ भुजियासम्बन्धी पाँच मुद्दा दायर भएका छन् ।

यसैगरी, गुणस्तरहीन दलहनलगायत मिठाई, दूध दही, काजु किसमिस, चामल, मसला, खुर्सानीको धूलो बेच्नेमाथि पनि मुद्दा चलाइएको छ । अनुगमनमा क्रममा उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । सबैभन्दा धेरै प्रशोधित पिउने पानी गुणस्तरहीन पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.