भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

गंगा नदीको किनारामा ४० बढी शव भेटिए

गंगा नदीको किनारामा ४० बढी शव भेटिए

बिहार । बक्सर जिल्लाको चौसा प्रखण्डको चौसा मसानघाटमा गंगामा कम्तीमा ४० बढी शव तैरिरहेको भेटिएको छ । स्थानीय प्रशासनले ४० बताएपनि पत्रकारले मसानघाटमा योभन्दा बढी शव देखेको बताएका छन् ।

मन विचलित गरिदिने किसिमको उक्त दृश्यमा शवलाई जनावरहरुले लुछिरहेको देखिएको छ । शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने स्थानीयले बताए । यसैबीच बक्सर जिल्लाधिकारी अमन समिरले पत्रकार सम्मेलनमा गाजीपुर र बलियासँग समन्वय स्थापित गरेर शवको दाहसंस्कार गरिने बताए ।

बक्सर जिल्ला उत्तरप्रदेश र बिहार राज्यको सीमावर्ती जिल्ला हो । गंगा नदीको किनारामा बसेको यो जिल्लाको उत्तरमा यूपीको बलिया जिल्ला र पश्चिममा गाजीपुर जिल्ला छ । स्थानीय पत्रकार सत्यप्रकाशका अनुसार त्यहाँ लगभग सय शव छन्। बीबीसी

 


Thali Mobile Pvt.Ltd.