विहान १० बजेसम्म पसल खोल्न पाइने

विहान १० बजेसम्म पसल खोल्न पाइने

काठमाडौं । उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी विहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यसअघि विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने आदेश जारी गरिएको थियो ।

मंगलबारको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेकोछ । यो अवधिसम्म प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न नपाइने भएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.