भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

गठबन्धनमा सिट बाँडफाँट घाडो बन्दै, निर्णायक छलफल हुन सकेन

गठबन्धनमा सिट बाँडफाँट घाडो बन्दै, निर्णायक छलफल हुन सकेन

काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक निष्कर्षविनै सकिएको छ । सबैले आ–आफ्नो दाबी कायमै राखेपछि बैठक विनानिष्कर्ष विहिन बनेको हो ।

सिट बाँडफाँटको मोडालिटी बनाउने जिम्मेवारी पाएको कार्यदलले खाका तयार गर्न नसकेपछि शीर्ष नेताहरूबीच छलफल चल्ने र वाझिने कार्य भइरहेको छ । तर पनि कुनै सहमति हुन नसकेको दलहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको छ । बैठक आज पुनः बस्ने नेताहरूले बताएका छन् ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी बैठक बसेको थियो ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.