भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

गर्भपतन गर्ने किशोरीको संख्या बढ्यो

गर्भपतन गर्ने  किशोरीको संख्या बढ्यो

सुर्खेत । सुर्खेत जिल्लामा गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेरका किशोरीको संख्या बढेको पाइएको छ। स्वास्थ्य संस्थाको पछिल्लो दुई वर्षको तथ्यांकले यस्तो बताएको हो।

आर्थिक वर्ष २०७७्–०७८ मा २० वर्ष मुनिका २४० जनाले गर्भपतन गराएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७८्–०७९ मा ३२६ किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयसँग छ।

यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो। सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्था तोकिएका छन्। असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ।

अहिले पनि सुरक्षित भन्दा असुरक्षित गर्भपतन गर्नेहरूको संख्या ठूलो छ। सुरक्षित गर्भपतन सबैको पहुँचमा नहुनु तथा समाजका डरले पनि धेरै महिला असुरक्षित रूपमा गर्भपतन गरिरहेका छन्।

यो तथ्यांक सुर्खेतमा रहेका सूचीकृत स्वास्थ्य सेवा प्रदायकले राखेका हुन्। ती ठाउँमा निःशुल्क गर्भपतन सेवा दिने गरिएको छ। सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवा प्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको बताइएको छ।

सुरक्षित गर्भपतन लिनेको संख्या बढ्नुमा सेवाको पहुँच विस्तार मुख्य कारण रहेको स्वास्थ्यकर्मी बताउछन्। किशोरी अवस्थामा प्रजनन अंगहरूको पूर्ण विकास नहुने हुँदा गर्भधारण गर्नु निकै जोखिमपूर्ण हुने स्वास्थ्यकर्मी बताउछन्।

अहिले पनि धेरै महिला सुरक्षित गर्भपतन सेवाको पहुँचमा छैनन्। गर्भपतन सेवा शहरकेन्द्रित छन्। ग्रामीण क्षेत्रका महिलाहरू ज्यान नै जोखिममा राखेर असुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन्।

दक्ष जनशक्ति र सूचिकृत स्वास्थ्य संस्थाको अभावमा यो सेवा सबैको पहुँचमा पुग्न नसकेको हो। कतिपयले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता नहुने आशंकामा पनि असुरक्षित गर्भपतन गराउने गरेको पाइन्छ।

 


Thali Mobile Pvt.Ltd.