भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

गुणस्तरहीन औषधि बिक्री वितरण रोक्न स्वास्थ्य मन्त्रीको कडा निर्देशन

गुणस्तरहीन औषधि बिक्री वितरण रोक्न स्वास्थ्य मन्त्रीको कडा निर्देशन

बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले अनुगमन बढाउन निर्देशन दिएका छन् । मानव स्वास्थ्यमा खेलवाड गर्ने जो सुकैलाई कडा कारबाही गरिने भन्दै मन्त्री गिरीले मङ्गलबार औषधि व्यवस्था विभागको निरीक्षणमा निस्किए ।

मन्त्री गिरीले अनुगमन गरेर छिटो भन्दा छिटो रिर्पोट बुझाउन समेत विभागलाई निर्देशन दिए । अनुगमन गर्ने जनशक्ति छैनन् भनेर जनताको स्वास्थ्यमा खेलबाड गर्ने छुट विभागलाई नभएको भन्दै उनले प्रभावकारी कार्ययोजना बनाएर जनताले अनुभूत गर्न सक्ने परिणाम मुखी काम गर्न निर्देशन दिए ।

देशभरका फार्मेसीहरुको अनुगमन गर्न निर्देशन दिदै मन्त्री गिरीले सातै प्रदेशमा औषधि विभागका कार्यालय स्थापना गर्नुपर्ने बताए । अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जान ठोस योजनाका साथ छिटो भन्दा छिटो मन्त्रालय आउन विभागलाई आग्रह गरे ।

उक्त कार्यमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्नेमा जोड दिदै आत्मनिर्भर बन्ने योजना र कार्ययोजना बनाउनु पर्नेमा जोड दिए ।

नवीकरण सम्बन्धी काम अनलाइन प्रणालीबाट गराउन निर्देशन दिदै व्यापारीले फार्मेसी दर्ता गरेपछि नवीकरणका लागि हरेक वर्ष काठमाडौं जानुपर्छ भन्ने गुनासो सुनेको बताए । मन्त्री गिरीले गुणस्तरीय सेवा दिने कुरामा झन्झटिलो नियमन र अनुगमनको कुरामा निर्ममतापूर्वक कडाइ गर्न आग्रह गरे ।

 


Thali Mobile Pvt.Ltd.