भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

गुणस्तरीय सेवाकासाथ गट्ठाघरमा आयु सुपर स्पेसियालिटी क्लिनिक सञ्चालनमा (भिडियो)

गुणस्तरीय सेवाकासाथ गट्ठाघरमा आयु सुपर स्पेसियालिटी क्लिनिक सञ्चालनमा (भिडियो)

भक्तपुर । सर्वसाधारणलाई सहज, सरल, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ स्थित गट्ठाघरमा आयु सुपर स्पेसियालिटी क्लिनिक सञ्चालनमा आएको छ ।

भक्तपुर र आसपासका क्षेत्र विरामीलाई सहज सेवा प्रदान गर्ने उदेश्यले श्रीपञ्चमीको अवसर पारेर यो क्लिनिकको शुभारम्भ गरिएको अध्यक्ष प्रा.डा.सुरज बज्राचार्यले बताए ।

भव्य कार्यक्रमकाबीच मानव कल्याण सेवा समाजका अपांगता भएका ज्येष्ठ नागरिक एवं बालबालिकाबाट दीप प्रज्वलन गरी बिहीबार क्लिनिकको शुभारम्भ गरिएको हो ।

एउटै छानामुनि २० वटा विभागमा सबै प्रकारका विशेषज्ञ डाक्टरद्धारा ल्याबसहितको गुणस्तरीय सेवा दिने लक्ष्य राखेको सस्थाले जनाएको छ । विशेषगरी ग्यास्ट्रो, ल्याप्रोस्कोपिक, अर्थोपेडिक, आर्थोस्कोपिक, स्पाइन र ट्रमा सर्जरी सेवा उपलब्ध रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

यस्तै बाल चिकित्सा, प्रसूति तथा स्त्रीरोगअन्तर्गत पाठेघरसम्बन्धी समस्या, निःसन्तान बाँझोपन, महिनावारीसम्बन्धी सेवा पनि उपलब्ध छन् ।

आयु क्लिनिकले आन्तरिक चिकित्सा, आन्तरिक चिकित्साका विशेष सेवा ग्यास्ट्रोरोलजी, पल्मोनोलोजी, कार्डियोलोजी, बाथविज्ञान, न्यूरोलोजी र सामान्य शल्यक्रियाको सुविधा पनि प्रदान गर्ने जनाएको छ ।

क्लिनिकले ७० वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई २५ प्रतिशत आजीवन छुट प्रदान गर्नेसमेत घोषणा गरेको छ । आयु क्लिनिकले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेर सेवा प्रदान गरेको जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.