भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

गोदावरीको सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो

गोदावरीको सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो

ललितपुर । गोदावरी नगरपालिकाभित्रका दुई शिवालय सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको सोमबार भएसँगै आज महादेवको दर्शन र आरधनाका लागि मन्दिरमा दर्शनार्थी आउनेक्रम बढेको हो ।वडा नं १३ स्थित विवाह गरी लामो समयसम्म सन्तान सुख प्राप्त नगरेकाका साथै भएकाको रक्षाका लागि सतीदेवीको उपल्लो ओठ पतन भएर उत्पत्ति भएको धार्मिक मान्यता रहेको सन्तानेश्वर महादेव मन्दिरमा दर्शन र पूजाका लागि बिहानैदेखि श्रद्धालुको भीड लागिरहेको सन्तानेश्वर संरक्षण तथा सम्वद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताए ।

उहाँले भन्नुभयो, “मुलुकमा कोरोना महामारी बढिरहे पनि १५० रोपनी क्षेत्रफलभित्र रहेको यस महादेव मन्दिरमा कतैबाट पनि बन्द गर्न मिल्ने नहुँदा ठाउँठाउँँका भक्तजन मन्दिर आइरहनुभएको छ, मन्दिर आउने दर्शनार्थीलाई मास्कका साथै सामाजिक दूरी कायम गराई हामीले दर्शन पनि गर्न दिइरहेका छौँ ।” मन्दिर हाताभित्र रहेको वनमा इच्छुकका साथै सङ्घसंस्थामा आबद्ध व्यक्तिले वृक्षरोपणसमेत गरिरहेका खड्काले बताए । वडा नं ३ स्थित प्रत्येक बाह्र वर्षमा सिंहास्त अर्थात् कुम्भमेला लाग्ने सिद्धेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको चहलपहल बढिरहेको गोदावरी कुण्ड तथा सिद्धेश्वर महादेव मन्दिरका पुजारी राधाकृष्ण पुरीले बताए।

उहाँले भन्नुभयो, “यस वर्ष कोभिड सर्ने डरका कारण दुई वर्षअघिको तुलनामा भक्तजन मन्दिर नभित्रिए पनि बिहानैदेखि कुण्डमा स्नान अनि दर्शन गर्न आउने र जानेक्रम भने चलिनै रहेको छ ।” यसैगरी वडा नं ४ स्थित बडिखेलको तपेश्वर महादेव मन्दिरमा पनि स्थानीय दर्शनार्थीको चहलपहल बढिरहेको देखिन्छ । सातदोबाटोबाट पाँच किलोमिटर दक्षिणपूर्वमा रहेको सन्तानेश्वर महादेवको मूर्ति प्राकृतिक रहेकाले यसलाई ज्योतिर्लिङ्ग महादेव पनि भन्ने गरिन्छ । सो शिवालय प्राङ्गणबाट काठमाडौँ उपत्यकाका तीनै शहरको दृश्यावलोकन गर्न सकिने भएकाले यसलाई प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा समेत प्रयोग गरी टाढा–टाढाका स्थान नियाल्ने गरिन्छ ।

सन्तानेश्वर महादेव मन्दिरमा मुलुकका ७७ जिल्लाका मानिस भित्रिने गरेकाले हरेक शनिबार, साउने सोमबार, जनैपूर्णिमा अनि स्वस्थानी प्रारम्भदेखि समाप्तिसम्म र शिवरात्रिमा समेत भक्तजनको ठूलो चहलपहल हुने गर्छ । सन्तानेश्वरको वनमा ३५ जातका फलफूलका बिरुवा रोपी मन्दिरमा लाग्ने खर्च जोगाउन लागिपरेको समितिले जनाएको छ । त्यसैगरी सिद्धेश्वर मन्दिरमा प्रत्येक १२ वर्षमा बृहस्पति ग्रह सिंह राशीमा अस्त हुने समय भदौभरि मेला लाग्ने भएकाले कोभिडअघि स्वदेशका साथै विदेशी मुलुकका भक्तजनसमेत यहाँ दर्शन गर्न र घुम्न आउथे । सिद्धेश्वर महादेव मन्दिरमा कोरोना महामारीअघि नेपाली पर्वअनुसार सङ्क्रान्ति, औँशी, पूर्णिमा र एकादशीमा समेत भक्तजनको ठूलो भीड हुने गर्दथ्यो । सो शिवालय लगनखेलबाट १० किलोमिटर टाढा अवस्थित छ ।

 


Thali Mobile Pvt.Ltd.