भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घरेलु तथा साना उद्योगमा महिलालाई प्रोत्साहित गर्नुपर्छ: मुख्यमन्त्री राउत

घरेलु तथा साना उद्योगमा महिलालाई प्रोत्साहित गर्नुपर्छ: मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले घरेलु तथा साना उद्योगमा महिलालाई प्रोत्साहित गर्नुपर्ने बताउनुएको छ । नेपाल घरेलु तथा साना उद्योग प्रदेश नं २ को दोस्रो अधिवेशन एवं महिला उद्यमी सम्मेलनको आज जनकपुरमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले घरेलु तथा साना उद्योगमा महिलाको सहभागिता र सक्रियता बढाउन सकिए प्रदेशको आर्थिक विकासले गति लिने भएकाले घरेलु तथा साना उद्योगतर्फ महिलालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय घरेलु तथा साना उद्योगमा महिलाको सहभागिता बढ्दै गएकोप्रति खुशी व्यक्त गर्नुहुँदै उहाँले साना उद्योगमा महिलाको सहभागिता र सक्रियता बढाउन प्रदेश सरकारले ठोस योजना बनाउन लागेकोसमेत बताउनुभयो । प्रदेश नं २ मा उद्योगधन्दा सञ्चालन गर्ने प्रचुर सम्भावना भए पनि विभिन्न कारणले अपेक्षाकृत कार्य गर्न नसकिएको उल्लेख गर्नुहुँदै प्रदेश सरकारले छिट्टै औद्योगिक विकासका लागि ठोस योजना ल्याउने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालको आर्थिक विकास कृषिजन्य उद्योगले ठूलो योजना पु¥याएको चर्चा गर्नुहुँदै उहाँले प्रदेश सरकारले कृषिउपज र अन्य घरेलु तथा साना उद्योगको उत्पादनलाई बजारसम्म पु¥याउनका आवश्यक रणनीति बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उद्योग महासङ्घ प्रदेश २ का अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले बङ्गला देशसँग समन्वय गरेर वीरगञ्जमा गार्मेन्ट उद्योग स्थापना गर्नुपर्ने र महिलालाई सहुलियत दरमा ऋण उपलब्ध गराउनका लागि प्रदेश सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.